२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देशमा दुराचार व्याप्त छ, जनताले राजा खोजेको छन् : काली बाबा

मंगलवार , भाद्र ४, २०८१

काठमाडौं, ४ भदौं । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताएका छन् ।

मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो रु भन्दै प्रश्न गरे । उनले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताए । उनले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताए । 

नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताए । उनले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताए ।