२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

राष्ट्रिय जनमुक्तिका महासचिव अस्लामीलाई मातृशोक

मंगलवार , भाद्र ४, २०८१

भैरहवा, ४ भदौ । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा बौद्धिक ब्यक्तित्व टोप अस्लामी मगरलाई मातृशोक परेको छ । अस्लामीका आमा बसन्ती देवी अस्लामी थापाको ७७ वर्षको उमेरमा पाल्पाको तानसेनस्थित मिशन अस्पतालमा निधन भएको हो । सोमबार बेलुका ६ बजेतिर निधन भएको चिकित्सकहरुले जानकारी गराएका थिए ।

लामो समयदेखि श्वासप्रश्वास (दम) सम्बन्धि रोगबाट ग्रसित आमाको विभिन्न ठाउँमा उपचार गराउँदै आएको महासचिव अस्लामीले बताए । स्वास्थ्यमा सुधार आएपछि केही समय अघिदेखि तानसेन–१० तेल्घा आफ्नै निवासमा कान्छा छोरा प्रकाश अस्लामीसँग आमा बसन्ती बस्दै आएकी थिइन् । २००४ साल साउन १२ गते जन्मिएकी बसन्ती अस्लामी थापाले समाजमा रहेका सबैखाले बेथितिविरुद्ध लड्न सधैं उत्प्रेरणा दिदै आउनुभएको राष्ट्रिय जनमुक्ति पार्टीले जनाएको छ ।