
मंगलवार , भाद्र ४, २०८१
भैरहवा, ४ भदौ ।
लियो क्लब अफ होलिसिटी भैरहवाले रक्षाबन्धन कार्यक्रम गरेको छ । क्लबले सुरक्षाकर्मीहरुलाई रक्षाबन्धन लगाएर उक्त कार्यक्रम गरेको हो । क्लबमा आबद्ध महिला सदस्यहरुले सोमबार रुपन्देहीको भैरहवा अन्त्र्तत विभिन्न स्थानमा सुरक्षाकर्मीहरुलाई मिठाई खुवाउँदै हातमा रक्षाबन्धन लगाएको वर्ष २०२४/२५ का अध्यक्ष विकास तिवारी बताए ।
क्लबले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको क्लबका पूर्वअध्यक्ष ओजश शर्माले बताए ।
सोमबार ३५ जना सुरक्षाकर्मीलाई रक्षाबन्धन लगाइएको कार्यक्रम संयोजक अविब्सा घिमिरेले बताइन् । ‘जनैपूर्णिमा (रक्षाबन्धन) मा भैरहवाको विभिन्न स्थानमा ड्युटीमा खटिएका प्रहरी दाजुहरुलाई रक्षाबन्धन लगाउन मनाउन पाउँदा हामी धेरै नै हर्षित भएका छौं, ’उनले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij