२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : शेखर कोइराला

मंगलवार , भाद्र ४, २०८१

काठमाडाैं, ४ भदाै । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखेपनि कार्यान्वयन गर्न नसकेको बताए । उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । उनले शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए । उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेता कोईरालाले आफ्ना सन्तानलाई पढाउनसक्ने अवस्था नै नरहेको बताए ।