
बिहिवार , भाद्र ६, २०८१
बुटवल, ६ भदौ ।
नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीले पार्टीका संगगठित सदस्य टिका खरेललाई पार्टीको सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर ३ निवासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा (४), (८), (१३) बमोजिम पार्टी हितविपरीत गतिविधि गरेको र पटकपटक सचेत गराउँदा समेत पुनः गतिविधि दोहोर्याएको तथा समाजमा विभिन्न अनैतिक गतिविधि गरेको भन्दै पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम निष्काशन गरिएको एमाले रुपन्देहीले जनाएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी कारवाही गरिएको जानकारी दिए ।
त्यस्तै प्रेस चौतारी नेपाल रुपन्देहीले पनि खरेललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
संगठनको हितविपरीतका क्रियाकलाप गरेपछि सुरुमा स्पष्टीकरण सोधिएको र त्यसपछि निलम्बन गरेको चौतारीले अनैतिक क्रियाकलाप जारी राखेपछि बुधबार बसेको सचिवालय बैठकले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो । उनी प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य थिए ।
एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा उनलाई प्रहरीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij