
बिहिवार , भाद्र ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन् । उनले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताए। उनले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने रुभनेर प्रतिप्रश्न समेत गरे ।
उनले शिक्षाका समस्या सबै मिलेर समाधान गर्नुपर्ने भन्दै सम्बन्धित सबैले जिम्मेवारीबोधका साथ ध्यान दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij