२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिँदै छ : सांसद न्यौपाने

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं, ६ भदौ । नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिएको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले मानव अधिकारको उल्लंघन र गम्भीर उल्लंघनको विषय विधेयकमा उल्लेख गरिएको भन्दै नियतपूर्वक, स्वेच्छाचारी हत्या, जबरजस्तीकरणी र यौन हिंसा गम्भीर मानव अधिकार उल्लंघनको विषय भएको बताए । उनले गम्भीर मानव अधिकार उल्लंघनका मुद्दामा पीडितले माफी दिन चाहे पनि माफी दिन नमिल्ने र अदालती प्रक्रियामा गएर न्याय निरुपण हुने बताए । 

सांसद न्यौपानेले अयोग्य लडाकुहरुलाई पनि राहत उपलब्ध गराउँदै परिपूरणको हकलाई विधेयकमा सुनिश्चित गरिएको बताए ।