
बिहिवार , भाद्र ६, २०८१
काठमाडौं, ६ भदौ । राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरेको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पाबिरएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सभाबाट सर्वसम्मतिले पारित भएको हो । सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सभामा विधेयक प्रश्तुत गरेका थिए ।
मन्त्री चौरसियाको प्रश्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij