२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

एसपीपीबारे कुनै प्रस्ताव आएको छैन : प्रधानमन्त्री ओली

बिहिवार , भाद्र ६, २०८१

  • 649
    Shares
  • 649
    Shares
  • काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको सम्बन्धमा कसैसँग कुराकानी नभएको स्पष्ट पारेका छन् ।

    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले गत श्रावण ३२ गते अमेरिकी डिपुटी सेक्रेटरी अफ स्टेट फर म्यानेजमेन्ट एण्ड रिसोर्सेज रिचर्ज आर वर्मासँगको आफ्नो शिष्टाचार भेटमा एसपीपी सम्झौताको सम्बन्धमा कुनै कुराकानी नभएको स्पष्ट पारेका हुन्। उनले एसपीपी सम्झौता अगाडी बढाउनुपर्छ भनेर सरकारलाई कसैले नभनेको बताए । उनले एसपीपीको बारेमा कुनै प्रश्ताव कतैबाट नआएको बताए । 

    प्रधानमन्त्री ओलीले वर्तमान सरकारसँग राष्ट्रिय हितको पक्षमा कुनै शंका नगर्न आग्रह गरे । उनले सरकारले राष्ट्रिय हितको प्रश्नमा कुनै सौदाबाजी नगर्ने बताए ।