
शुक्रवार , श्रावण २३, २०७७
बुटवल, २३ साउन ।
सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔ, एक अर्काकाबीचमा भौतिक दुरी कायम गरौ, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउँदै र मास्क वितरण गर्दै बुटवलका साईक्लिस्टहरु अभियान गरेका छन् ।
मुखमा मास्क र हातमा गोल्बससहित कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न बुटवलका साईक्लिस्टहरुले घरदैलो गरेका हुन । ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा रुपन्देही जिल्ला साइक्लिङ संघ, साइकल सिटी बुटवलको सहकार्यमा शुक्रबार बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ का टोलमा सचेतना जगाउने तथा मास्क वितरण गर्ने कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगलले मर्निङ वाकमा हिंडेको एक वृद्धलाई मास्क वितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै युवा वर्ग सचेतना हुनुपर्ने बेला आएको बताए ।
क्लबका उपाध्यक्ष किरण श्रेष्ठले वडाअध्यक्ष महेन्द्र लिगल, अप्सरा स्टोरका आषिक हुसैन र सुनिल शाक्यबाट प्राप्त ५ सय मास्क वितरण गरिएको बताए ।
रुपन्देही जिल्ला साईक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधरले लकडाउनसंगै साईक्लिङको लहर बढेको बताए । लकडाउनको समयमा दुरी कायम हुने र शारीरिक व्यायम समेत हुने हुदा आर्कषण भएको उनी बताउँछन ।
संघका उपाध्यक्ष अभिषेक भारीले कोरोना सचेतनाका लागि लुम्बिनी राईड, कोरा २०२० सहित विभिन्न कार्यक्रम गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij