२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी : लामिछाने

शनिवार , भाद्र ८, २०८१

  • 712
    Shares
  • 712
    Shares
  • चितवन, ८ भदौ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका छन् ।

    शनिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जिबी राईको विषयमा आफुले सहकार्य गरेको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी पाएको भन्दै बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताएका हुन् ।

    राईसँग संगत गरेकोमा गलत क्रियाकलाप भएको रहेछ भन्ने देख्दा अझ बढी ध्यान दिनुपर्थ्यो भन्ने आफूलाई अहिले लागेको उनले बताए ।

    उनले ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको पनि बताए । लामिछानेले जिबी राईलाई पक्राउ नगरेको भन्दै अहिलेका गृहमन्त्रीलाई दोष लगाएको विषयमा सत्यता नरहेको र समितिको बयानका क्रममा यस्तो कुनै जवाफ नदिएको स्पष्ट पारे ।

    लामिछानेसँग शुक्रबार सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले लामो बयान लिएको थियो । उनले आफूमाथि उठेका सबै प्रश्नको जवाफ दिने अवसरका रुपमा लिएर समितिमा उठेका प्रश्नहरुको जवाफ दिएको जिकिर गरे ।