
शनिवार , भाद्र ८, २०८१
रुपन्देही, ८ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको शनिबार रुपन्देहीको बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउँदै चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिए ।
उनले कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको बताए । नेपालले कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति गर्न सकिने मुख्यमन्त्री आचार्यको भनाइ छ । मुलुकमा राजनीतिक स्थायीत्वका लागि दुई राजनीतिक दल एक ठाउँमा आएपछि अर्थतन्त्रका सूचांक उकालो लागिरहेको उनले बताए । अब व्यवसायीका निम्ति आशाका दिन आएको मुख्यमन्त्री उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij