२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

महिलालाई प्रधानमन्त्री बनाउने इच्छा छ : प्रधानमन्त्री ओली

शनिवार , भाद्र ८, २०८१

  • 1000
    Shares
  • 1000
    Shares
  • काठमाडौं, ८ भदौ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुुलुकको विकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं यूथ कन्क्लेभ २०२४ मा युवाहरुले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले युवा नै देशको सम्पूर्ण शक्ति भएको भन्दै मुुलुकको जिकासमा युवाहरुको भूमिकालाई सरकारले महत्वका साथ हेरेको बताए । 

    युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्ने भएकाले नै सरकारले युवालाई रोजगारीमा जोड्न स्टाटपको कार्यक्रम सुरु गरेको उनले बताए ।


    प्रधानमन्त्री ओलीले आफूहरू धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए । उनले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताए । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका कारण सामाजिक मूल्य, मान्यतामा गम्भीर हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आस र भर गर्न आग्रह गर्दै देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर आफू लागेको धारणा राखे ।

    उनले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षामन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताए।

    अहिले पनि हरेक डेलिगेसनमा एकजना महिला अनिवार्य सहभागी गराउनुपर्ने नियम आफूले बनाएको उनले बताए ।