२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रचण्डको दावी : माओवादीलाई कसैले फुटाउन सक्दैन

शनिवार , भाद्र ८, २०८१

काठमाडौं, ८ भदौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले पटकपटक गरे पनि कसैले फुटाउन नसक्ने बताए । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले बताए ।

प्रचण्डले पार्टीलाई बलियो बनाउँदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राख्नुभयो ।

उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारबिरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस–एमाले मिलेर आफ्ू नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे । अहिलेको सरकार भ्रष्टाचारीहरुकै सरकार भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले अध्यारोमा रमाउनेहरुलाई अहिले उज्यालो मन नपरेको भन्दै अध्याराका पक्षपातीहरुले विद्युत वक्यौतामा विवाद निकालेको तर्क गरे । त्यस्तै उनले संविधान संशोधनका नाममा मुलुकलाई पछाडी फर्काउने षडयन्त्र माओवादी रहदासम्म सफल हुन नदिने स्पष्ट पारे ।

उनले आत्मसमीक्षाका साथ जनताको घरघरमा जान र माओवादीले गरेका कामहरुका बारेमा जानकारी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।