२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पसमा निःशुल्क आँखा शिविर

शनिवार , भाद्र ८, २०८१

भैरहवा, ८ भदौ । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीले निःशुल्क आँखा शिविर गरेको छ । कमिटीले शुक्रबार क्याम्पसमा एकदिने आँखा शिविर गरेको अध्यक्ष विवेक भण्डारीले बताए ।

आँखा सम्बन्धि समस्या समाधान गर्न विद्यार्थीहरुलाई सजहता होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको भण्डारीले बताए । उनका अनुसार शिविरमा ५१० जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले विद्यार्थीहरुको हकहितमा काम गर्दै आएको अनेरास्ववियुले विभिन्न रचनात्मक कार्यहरुलाई पनि अघि बढाउँदै आएको बताए । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पसका पूर्व सचिव समेत रहेका थापाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरी, स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष तथा अनेरास्ववियुका केन्द्रीय सदस्य सागर न्यौपाने लगायतले भनाइ राखेका थिए ।

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीको अध्यक्षता तथा उपाध्यक्ष नवराज ठकुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

456516014_7745320658928823_8361903490616502118_n.jpg