२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

लियो बुटवलद्वारा रक्तदान, ११७ यूनिट रगत संकलन

आइतवार , भाद्र ९, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • बुटवल, ९ भदौ ।
    लियो क्लब अफ बुटवलले रक्तदान कार्यक्रम गरेको छ । शबिार बुटवलको मिलनचोकस्थित दियालो फूडल्याडमा रक्त संचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको क्लबले जनाएको छ । रगतको अभावले कसैको ज्यान गुमाउन नपारोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको र अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने क्लबका अध्यक्ष प्रतिक खनालले बताए । 

    कार्यक्रममा १ सय १७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक प्रतिक ज्ञवालीले जानकारी दिए । उक्त कार्यक्रम ३० जनाले पहिलोपटक रक्तदान गरेका थिए ।  

    कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधनले पश्चिम नेपालकै पुरानो क्लब लियो क्लब बुटवलले विगत ३९ वर्षदेखि सामाजिक उत्तरदायित्व अभियान अन्तगत रक्तदान लगायत विभित्र समाजिक कार्य गर्दै आएको बताए । 

    लियो अध्यक्ष सल्लाकार नरेश कुमार श्रेष्ठले रक्तदान जीवनदान भएकोले रक्तदान गर्नुपर्ने बताए । लायन्स क्लब अफ बुटवलका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले रगतको अभाव हुन नदिन नियमित रक्तदान गर्ने र अब लायन्स, लायनेश र लियोसँग मिलेर संयुक्त रुपमा कार्यक्रम गरिने बताए । कार्यक्रममा लायनेश क्लब अफ बुटवलका अध्यक्ष मीना श्रेष्ठ लगायतले बोलेका थिए ।

    Messenger_creation_4F6A04DA-9ED1-464E-B63E-EC769C7E403A.jpeg