
आइतवार , भाद्र ९, २०८१
भैरहवा, ९ भदौ ।
रोटरी क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भैरहवाको जनकपथस्थित गुलमोहर रेष्टुरेण्टमा आयोजित कार्यक्रममा ५९ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ भैरहवाका पूर्वअध्यक्ष पवन पौडेलले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले रोटरी र रोट्रयाक्ट क्लब अफ भैरहवाले सराहनीय कार्य गरेको बताए । उनले विशेष गरी चाडपर्वको बेला रगतको अभाव हुने गरेको बताए ।
रोटरी क्लब अफ भैरहवा वर्ष २०२४÷०२५ का अध्यक्ष राम प्रसाद पन्थीले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम संयोजक पवन पौडेलको स्वागत तथा रोटरी भैरहवाका सचिव श्याम क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस रुपन्देही शाखाका सदस्य एवं रोटरी भैरहवाका पूर्वअध्यक्ष संजीव शर्मा रेग्मी, क्लबका पूर्वअध्यक्षहरुलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij