२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘एलएसडीटी हरेक उमेरका व्यक्तिका लागि रहेछ’

आइतवार , भाद्र ९, २०८१

भैरहवा, ९ भदौ ।
लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी ) को १२८ औं श्रृंखला शनिबार सम्पन्न भएको छ । १२८ औ श्रृंखलाका प्रमुख अतिथि प्रेम कुमार सेन्चुरीले एलएसडीटीले दिने तालिम बालबालिकादेखि परिपक्व उमेर वर्ग समेतका निम्ति महत्वपूर्ण रहेको बताए । उनले भने, ‘यो तालिमले मानिसलाई आफ्नो जीवनमा  दुःख–सुखलाई सहज स्वीकार्न सिकाउँदो रहेछ । ध्यानबाट सुरु हुने नौलो प्रकृतिको कार्यक्रम रहेछ ।’

समाजसेवी सेन्चुरी नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार तथा रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष हुन् । उनी सिद्धार्थनगर नगरपालिकाको पूर्व कार्यपालिका सदस्य पनि हुन् ।

WhatsApp Image 2024-08-25 at 9.15.21 AM.jpeg

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका राजयोगिनी सुमित्रा दिदीले राजयोगको ध्यान गराएकी थिइन् । कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था रुपन्देहीका अध्यक्ष महेश चन्द्र थापाले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष एलएसडीटी युथका सदस्य कैलाश पाण्डेले उपस्थितिलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रम संयोजक रोहित कुमार शाहले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको प्रारम्भिक सहजीकरण एलएसडीटी व्यवस्थापन सदस्य तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी नितु थापाले गरेको कार्यक्रम सञ्चालक एलएसडीटी सदस्य लिला भण्डारीले बताइन्।

कार्यक्रममा ‘मेरो कर्म मेरो खुशी’ अन्तर्गत एलएसडीटीका सदस्य सदस्य सरु रेग्मी कपुरले आफ्नो जीवन कथा साझा गरेकी थिइन् । उनको कथाले उपस्थितिलाई भावुक बनाएको एक सहभागीले बताए ।

रुपन्देहीको भैरहवामा सञ्चालन हुने यो कार्यक्रममा युवाहरुको आकर्षण बढ्दै गइरहेको एलएसडीटी युथका संयोजक प्रशान्त ज्ञवालीले बताए । यो तालिम हरेक शनिबार बिहान ८ बजेदेखि होटेल भैरहवास्थित एसियन बुद्ध होटलमा हुन्छ । यो तालिम निःशुल्क रुपमा सञ्चालन हुँदै आएको छ । तालिममा सदस्यहरुले स्वेच्छिक योगदान गर्दै आएको व्यवस्थापन समितिका सदस्य कृष्ण साह बताए । ‘तालिमका मुख्य प्रशिक्षक तथा संस्थापक विजय पाण्डे हुनुहुन्छ,’उनले भने ।