२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सरकार विप्लव समुह बार्ता : सकारात्मक ढंगले अघि बढेको सरकारी वार्ताटोलीको भनाइ

बुधवार , फाल्गुण १९, २०७७

काठमाडौं, १९ फागुन। नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाको बार्ता टोलीबीच बुधबार मात्रै दुई चरणको बार्ता भएको छ। 

बार्तामा दुवै पक्ष समान धारणा नजिक पुगेको र वार्ता सकारात्मक रुपले अघि बढेको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले बताएका छन्। 

सरकार र नेकपा विप्लव समूहले मंगलबार मात्र अलग अलग वार्ता टोली गठन गरी बार्ताको बातावरण बनाएका थिए।

बार्ता विषय केन्द्रित भएको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको डा. भट्टराईले संचारकर्मीलाई जानकारी दिएका छन्। डा. भट्टराईका अनुसार सरकार विप्लव नेकपाबीच बुधबार बिहान र साँझ दुई चरणमा वार्ता भएको थियो। 

दुवै चरणको वार्ताको नेतृत्व सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गरेका थिए।