
आइतवार , भाद्र ९, २०८१
भैरहवा, ९ भदौ ।
रुपन्देहीको भैरहवास्थित होटल एसियन बुद्धले सरसफाई कार्यक्रम गरेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको होटलले होटल वरपरका सडक तथा शिव मन्दिर क्षेत्रमा सरसफाई गरेको हो ।
‘सामाजिक कार्यमा हाम्रो उत्तरदायित्व, सरफाई अभियानमा एसियन बुद्धको नेतृत्व’ भन्ने नाराका साथ शनिबार बिहान सरसफाई गरिएको होटलका अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताए । उनका अनुसार होटलले प्रत्येक महिना सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
स्वच्छ वातावरणका लागि सरसफाई आवश्यक रहेकोले होटल यो कार्यक्रम सञ्चालन गर्दै आएको सुवेदीले जानकारी दिए । ग्राहकलाई राम्रो सेवा उपलब्ध गराउँदै आएको यो चारतारे होटलले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएको उनले बताए । अघिल्लो हप्ता होटलले दर खाने कार्यक्रम पनि सम्पन्न गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij