२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

नव दुर्गा माविमा जुनियर/युवा रेडक्रस सर्कल पुनर्गठन

आइतवार , भाद्र ९, २०८१

  • 859
    Shares
  • 859
    Shares
  • भैरहवा, ९ भदौ ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहरास्थित श्री नव दुर्गा माध्यमिक विद्यालयमा जुनियर/युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ । आइतबार नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाले विद्यालयमा कार्यक्रम गरी सर्कल पुनर्गठन गरेको हो ।

    पुनर्गठित सर्कलको सभापतिमा राहुल गुप्ता रहेका छन् । त्यस्तै उपाध्यक्षमा सविता यादव, सचिवमा मुना परियार, उपसचिवमा निरज पासी, कोषाध्यक्षमा रेमिका खड्का र सह–कोषाध्यक्षमा इशा कोहार रहेका छन् ।

    त्यसै गरी सदस्यहरुमा करण प्रजापति, करिश्मा मल्ल, भूमिका खाम्चा, खुश्वु पासी र प्रेम कोहार रहेका छन् । सर्कलको संक्षकमा दिपेन्द्र कुमार गौड, शिक्षक नायकमा रामकेश विश्वकर्मा र शिक्षक सह–नायकमा अनु कर्ण रहेका छन् ।

    WhatsApp Image 2024-08-25 at 2.59.50 PM.jpegरेडक्रस सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी.को अध्यक्षता, रेडक्रस रुपन्देही जिल्ला शाखाका दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक पशुपति न्यौपानेको स्वागत, सिद्धार्थ उपशाखा सदस्य पदमा श्रेष्ठको आस्था पाठ तथा उपशाखाका सचिव राम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, श्री नव दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार गौड, रविनाथ पाण्डेयलगायतले बोलेका थिए ।