२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

जसपा रुपन्देहीको अध्यक्षमा शिवदास यादव

सोमवार , भाद्र १०, २०८१

  • 958
    Shares
  • 958
    Shares
  • भैरहवा, १० भदौ ।
    अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीको अध्यक्षमा शिवदास यादव चयन भएका छन् । आइतबार भैरहवामा भएको जसपा जिल्ला कार्यसमिति रुपन्देहीको घोषणा सभामा यादवलाई अध्यक्षमा चयन गरिएको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए ।

    त्यस्तै सदस्यहरुमा रामकेश धवल, विनय यादव, जयप्रकाश यादव, योगेन्द्र चौधरी, लक्ष्मण यादव, मातिवर कोहार, अनिल कुर्मी, रामवृक्ष यादव, दुर्गेश यादप, अप्सरा नायक, मीना गुप्ता, राम मिलन केवट, नन्दकिशोर यादव, पार्वती धवल, मैनुल्लाह खाँ, अब्दुल हजिज खाँ, जमिर रहमत फकिर, रमजान अली, पिन्टु गुप्ता, करम हुसेन, विरेन्द्र प्रसाद यादव र राजेन्द्र मिश्र रहनुभएको जसपाका युवा नेता असलम खानले जानकारी दिए ।

    IMG_0457.JPG

    यसअघि घोषणा सभाका उद्घाटन गर्दै जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले अशोक राईको नेतृत्वमा रहेको जसपामा आबद्ध हुन र यो अभियानमा एकताबद्ध भएर लक्ष्य प्राप्तीमा अगाडि बढ्न आग्रह गरे । उनले जसपा एउटा शक्तिको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।