
सोमवार , भाद्र १०, २०८१
भैरहवा, १० भदौ ।
लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको अवसरमा भदौ ११ गते मंगलबार (भोली) पाल्पा जिल्लामा बिदा दिएको छ । २०८० चैत २० गतेको लुम्बिनी प्रदेशको राजपत्रमा प्रकाशित सूचना बमोजिम मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालय लुम्बिनी प्रदेशकी कानून अधिकृत अस्मिता अर्यालले बताइन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन बजार परिक्रमा गराइने पाल्पाको भगवती रथयात्रामा यसपटक राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीता हुने भएको छ । रथयात्रा र भगवती मन्दिरमा पूजा आराधनाका लागि राष्ट्रपति पौडेलको सहभागीता हुने भएको हो ।
नेपाल–अंग्रेज युद्धमा नुवाकोट जितगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुशीयालीमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा निकालिँदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij