२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

पाल्पामा कार दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

सोमवार , भाद्र १०, २०८१

  • 817
    Shares
  • 817
    Shares
  • रुपन्देही, १० भदौ । 
    पाल्पाको रानीमहल सडकखण्डमा कार दुर्घटनामा परी भारती नागरिकको मृत्यु भएको छ । तानसेन नगरपालिका–१ नारनडाँडास्थित तानसेन–रानीमहल सडकखण्डमा आइतबार राती उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

    दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षिय विकास पाठकको मृत्यु भएको हो ।

    पाल्पा प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागि तानसेनस्थित मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।