२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपालको उड्ययन क्षेत्रलाई सुधार गर्नुपर्छ : मन्त्री पाण्डे

सोमवार , भाद्र १०, २०८१

काठमाडौं, १० भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको उड्ययन क्षेत्रलाई सुधार गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा राम प्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले नेपालको उड्ययन क्षेत्र समस्याग्रस्त रहेको भन्दै यसलाई सुधार गनुपर्ने बताएका हुन् । उड्ययन क्षेत्रलाई सुधार गर्न सके पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने उनको भनाइ छ । उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा प्राप्त गर्न सक्ने योगदानमाथि उड्ययन क्षेत्रबाट चूनौति सिर्जना भएको धारणा राखे । मन्त्री पाण्डेले आफु पदमा रहेसम्म व्यक्तिगत स्वार्थमा नलागी यस क्षेत्रको सुधारमा लाग्ने प्रतिवद्धता जनाए ।

उनले बिभिन्न संस्कृतिहरुको जर्गेना गर्दै नेपालको संस्कृति विश्वमाझ पुराउन सके मुलुकमा धेरै भन्दा धेरै पर्यटक भित्राउन सकिने बताए ।