२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

माइती नेपालद्वारा दरखसवा महिला समुहलाई अभिमुखीकरण

सोमवार , भाद्र १०, २०८१

  • 964
    Shares
  • 964
    Shares
  • भैरहवा, १० भदौ ।
    दरखसवा महिला सामुदायिक समुह सिद्धार्थनगरका सदस्यहरुलाई अभिमुखीकरण गरिएको छ । मानव बेचबिखन तथा ओसार पसारविरुद्ध कानूनी विषयमा माइती नेपाल आवधिक गृहद्धारा सोमबार सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा भवन हलमा अभिमुखीकरण गरिएको हो । 

    कार्यक्रममा माइती नेपाल आवधिक गृह भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले मानव बेचविखन भनेको के हो, कसरी बेचिन्छ, बच्ने उपाय के छन्, कस्ता व्यक्तिबाट सजक हुनुपर्ने, कानूनी उपचार के छ, जस्ता विविध विषयमा प्रशिक्षणमुलक प्रस्तुतीकरण गरेकी थिइन् ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका महिला विकास निरीक्षक कौशल्या चौधरी, पत्रकार शंकर पाण्डे लगायत दरखसवा महिला समुहका पदाधिकारी तथा सदस्यहरु गरी २ दर्जन बढीको सहभागीता रहेको थियो । माइती नेपालले निरन्तर विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।