
मंगलवार , भाद्र ११, २०८१
काठमाडौं, ११ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई सोधिएको अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय हो ।
ढकाललाई सोधिएको २४ घण्टे स्पष्टीकरणका बारेमा छलफल गर्दै विधान र राजनीतिक दलसम्बन्धी नियमलाई टेकेर साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा पार्टी सभापति रवि लामिछानले सहकारी छानबीन समितिमा दिएको बयानका बारेमा जानकारी गराएका थिए । समितिमा आफूले दिएको स्पष्टीकरणलाई प्रतिवेदन बनाएर पार्टीको अनुशासन आयोगमा दर्ता गराउने लामिछानले बताउनुभएको कार्यवाहक प्रवक्ता झाले बताए ।
बैठकले असोज १ र २ गते काठमाडौंमा आयोजना गरिएको पार्टीको राष्ट्रिय भेलालाई सफल बनाउन बिभिन्न उपसमिति गठन गरिएको उनले जानकारी दिए ।
राष्ट्रिय भेलामा १४ सय सहभागी हुने रास्वपाले जनाएको छ । त्यस्तै बैठकमा स्थानीय छाया सरकार सम्बन्धी कार्यविधिका बारेमा छलफल भएको झाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij