
मंगलवार , भाद्र ११, २०८१
काठमाडौं, ११ भदौ । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बर्तमान सरकार लुटेराहरुको सरकार भएको आरोप लगाएका छन् ।
काठमाडौंमा मंगलवारदेखि शुरु भएको पार्टीको केन्द्रिय समितिको बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले जनताको लागि केही गर्न नसक्ने बताए । प्रमुख पार्टीका शिर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको आरोप लगाए । अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहज रुपमा चल्न नसकेको गुनासो गरे । राज्यको मातहत रहेका संस्थाहरुलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाए । जनतालाई करको बोझ बोकाएर सत्तामा बसेर लुट मच्चाईरहेको बताए।
वर्तमान सरकार र दलहरुले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनाअन्दोलनको आवश्यकता रहेको बताए। आम जनता पार्टीको केन्द्रिय समितिको बैठक मंगलवार र बुधवार चल्ने कार्यतालिका रहेको बताइएको छ । बैठकले सडक आन्दोलनका केही कार्यक्रम बनाउने पनि अध्यक्ष साहले बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij