२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदीय समितिको निर्देशनः भाषण होइन काम गर्नुस्

मंगलवार , भाद्र ११, २०८१

काठमाडौं, ११ भदौ । संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरुलाई  काममा बढी ध्यान दिन निर्देशन दिएको छ ।

मंगलवार विकास,आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरुले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भोषण भन्दा पनि काम गर्न आग्रह गरे । उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरु कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताए । उनले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताए । उनले संसदीय समितिहरुको पनि कानून बनाउने तर कार्यान्वयन भए नभएको निगरानी नगर्ने कमजोरी रहेको बताए।

उनले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गरे ।