
मंगलवार , भाद्र ११, २०८१
भैरहवा, ११ भदौ ।
युवा रेडक्रस सर्कल कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पस, रुपन्देहीको आयोजनामा सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा सोमबार क्याम्पस प्रांगणमा भएको कार्यक्रममा ४७ प्वाइन्ट रगत संकलन भएको आयोजकले जनाएका छन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले रेडक्रस सदैव मानवीय सेवामा समर्पित रहेको बताए । उनले रक्तदान कार्यक्रमले रगतको अभाव हुन नदिइ बिरामीको ज्यान बचाउने भएकाले यो महत्वपूर्ण र पवित्र कार्य भएको बताए ।
युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसका अध्यक्ष नरेश उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भूमिकाको बारेमा धारणा राखेका थिए ।
कार्यक्रम संयोजक अस्मिता के.सी.कोे स्वागत तथा रणसिंह सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा रेडक्रस बेलहिया उपशाखाका पूर्वअध्यक्ष सुमन शर्मा, सचिव माधव शर्मा, सदस्य राजु खड्का, प्रतिक थापा मगर, अविचल जंग के.सी, गौरव थापा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij