२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

श्रीवैष्णव परिषद् युएईद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम

मंगलवार , भाद्र ११, २०८१

भैरहवा, ११ भदौ । 
श्रीवैष्णव परिषद् युएईले वर दुबईमा सोमबार श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम गरेको छ । भक्तजनहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम सभ्य र भव्य रुपमा सफल भएको कार्यक्रमका सञ्चालक विद्वान पण्डित तथा श्रीबैष्णव परिषद् युएईका महासचिव प्रदिप दाहालले बताए ।

कार्यक्रममा दियो, कलश र गणेशको मन्त्रोचरणका साथ श्रीवैष्णव परिषद् युएईका उपाध्यक्ष सम्पत कुमार न्यौपानेबाट पूजा गराएर प्रारम्भ भएको दाहाले जानकारी दिए ।
कार्यक्रममा एरिका भट्टराई र अजिता सिहं ठकुरीले भगवान श्रीकृष्णको भजनमा नृत्य प्रस्तुती गरेका थिए ।

त्यसै गरी हिन्दू जागरण युएईको भजन मण्डलीबाट सुमधुर भगवान श्रीकृष्णको भजन गाएर कार्यक्रमलाई भक्तिमय भएको आयोजकले जनाएका छन् । कार्यक्रममा नेपालबाट आएका श्री विश्वप्रकाश दासोहं स्वामीजीबाट भगवान श्रीकृष्ण (बाल गोपाल) को तिरुमन्जन गरी, भगवानलाई श्रृंगार श्रीवैष्णव परिषद् युएईकी उपाध्यक्ष अन्जली भट्टराई र सदस्यहरु ममता शर्मा ढकाल, चन्द्रिका भण्डारी र बनिता दाहालले गरेका थिए ।

श्रीवैष्णव परिषद् युएईका अध्यक्ष मणिराम खतिवडाले कार्यक्रममा स्वागतमा भएको कार्यक्रममा हिन्दू जागरण नेपाल युएई शाखा र सनातन गौ संरक्षण युएई अन्य विभिन्न संघ–संस्थाका प्रतिनिधि, धार्मिक र सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थितिमा भएको कार्यक्रममा स्वामीजी श्री विश्वप्रकाश सोहंबाट भगवान श्रीकृष्णजीको कथाबाट भक्त भागवतहरुलाई मन्त्रमुग्ध बनाउनुभएको कार्यक्रममा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तोयानाथ लम्सालले बताए । भजन मण्डलीहरुबाट गाइएको भक्तिमय संगितमा भक्तभागवतहरुको उत्कृष्ट नृत्यले कार्यक्रम संगीतमय, भक्तिभावपूर्ण वातावरण रहेको लम्सालले बताए । प्रवासमा रहेर पनि नेपालीहरुले आफ्नो धर्म-संस्कारप्रति देखाउनुभएको लगावको उच्च सम्मान रहेको उनले बताए । उनले यस्ता कार्यक्रमहरुले नेपालीहरुको पारस्परिक एकता अझ प्रगाढ रहने बताए ।

कार्यक्रममा दुबईमा रहने धार्मिक अभियन्ता, सामाजिक व्यक्तित्वहरु नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अर्याल, राप्रपा केन्द्रिय सदस्य, धार्मिक अभियन्ता तथा समाजसेवी तोयानाथ लम्साल, लक्ष्मण खनाल, राजेन्द्र अधिकारी, गोपी भुसाल, तिलक सापकोटा, जे सागर, भवानी नेपाल, ओमप्रकाश न्यौपाने, रमेश न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तोयानाथ लम्सालले अभिषेक जोशीद्वारा लिखित पुस्तक बेद, बुद्ध र दिब्योपदेशबारे भक्तभागवतहरुलाई जानकारी गराएका थिए । 

कार्यक्रममा श्रीवैष्णव परिषद् युएईका सचिव गणेश जोशी, सदस्यहरू अर्जुन ढकाल, अच्युत नेपाल, रबिन कोइराला, शैलेश नेपालले प्रसाद तथा पानी वितरण गरी भक्तजनहरुलाई विदाई गरेका थिए ।

WhatsApp Image 2024-08-27 at 4.26.38 PM (1).jpeg
WhatsApp Image 2024-08-27 at 4.26.37 PM.jpeg
WhatsApp Image 2024-08-27 at 4.26.37 PM (2).jpeg
WhatsApp Image 2024-08-27 at 4.26.38 PM.jpeg