
मंगलवार , भाद्र ११, २०८१
बुटवल, ११ भदौ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा रहेको राधाकृष्ण मन्दिरमा ‘श्रीकृष्ण जन्माष्टमी’ को अवसरमा जन्माष्टमी विशेष महोत्सव आयोजना गरी मनाइएको छ । बिहान ४ बजेदेखि विशेष पुजाआजा भजनकिर्तन, राति १२ बजेसम्म नृत्य लगायत कार्यक्रम गरी उल्लासपूर्ण वातावरणमा कृष्ण जन्माष्टमी मनाइएको मन्दिरका अध्यक्ष जिवनारायण पौडेलले जानकारी दिए ।
जन्माष्टमीको अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई सम्मान गररिको छ । त्यसै गरी मन्दिरका संस्थापक अध्यक्ष टिकाराम भण्डारी लगायतलाई सम्मान गरीएको छ ।
मन्दिर निर्माणमा बजेट छुट्टाएर सहयोग गरी संस्थालाई अमुल्य सहयोग गरेको भन्दै नगरप्रमुख पाण्डेयलाई सम्मान गरिएको थियो । साथै नगरप्रमुख पाण्डेयलाई मन्दिरको सल्लाकारमा मनोनयन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
त्यसै गरी मन्दिर स्थापनादेखि नै निर्माणमा आर्थिक, भौतिक, नैतिक सहयोग गरेको भन्दै संस्थापक अध्यक्ष टिकाराम भण्डारीलाई सम्मान गरीएको थियो । सम्मानपछि बोल्दै नगरप्रमुख पाण्डेयले उपमहानगरपालिकाले हरेक धार्मिक संघ–संस्थालाई सहयोग गर्दै आइरहेको बताए । उनले मन्दिर ब्यवस्थापन समितिले मन्दिर वरिपरि हरियाली, सरसफाई र उज्यालो बनाउन लाग्नुपर्ने बताए ।
मन्दिरका संस्थापक अध्यक्ष टिकाराम भण्डारीले मन्दिर निर्माण गर्दा निकै ठुला समस्या, अवरोध आइलागेको बताउँदै सबैजना मन्दिरलाई राम्रो बनाउन लाग्नुपर्ने बताए ।
कार्यक्रममा मन्दिरका सल्लाकार हरिबहादुर क्षेत्रीले मन्दिर वडाबासीकै अमूल्य धार्मिक ऐतिहासिक सम्पदा भएकाले सबैले संरक्षण गर्नुपर्ने बताए ।
मन्दिर व्यवस्थापन समितिका सचिव नमराज चापागाइले राधाकृष्ण मन्दिरमा यसपालीको जन्माष्टमीमा भक्तजनको ऐतिहासिक उपस्थिति रहेको बताए । कोषाध्यक्ष डम्बरदेव न्यौपानेले सहयोगीदाता र भक्तजनको माया ममताले मन्दिर अघि बढेको बताए ।
मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद न्यौपानेको स्वागत तथा सचिव नमराज चापागाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij