२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आईजीपी कुँवरसँग किन कड्किए सिद्धार्थनगरका मेयर ?

बुधवार , भाद्र १२, २०८१

भैरहवा, १२ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले स्थानीय सरकारले ट्राफिक प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नयाँ भवनहरुको उद्घाटनको अवसरमा नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसमक्ष ट्राफिक प्रहरी र नेपाल प्रहरीबाट आवश्यक सहयोग नपाएको उनले बताएका हुन् । उनले नगरमा मुख्य समस्याको रुपमा रहेको ई–रिक्सा व्यवस्थापन लगायतका ट्राफिक व्यवस्थापन र ओभरलोड व्यवस्थापनमा प्रहरीबाट सहयोग नपाएको बताए ।

‘मेयरले मात्रै सबै व्यवस्थापन गर्न खोजेर नहुँदो रहेछ । उनले भने, ’स्थानिय प्रशासन, प्रहरी र ट्राफिकको सहयोगमा मात्र काम गर्न सम्भव छ । ठुला ठुला बस समितिले भनेपछि तुरुन्त काम हुने तर, स्थानीय सरकारको मेयरले भनेपछि काम नहुने यस्तो पनि हुन्छ  । आईजीपी कुँवरलाई सम्बोधन गर्दै भने ‘यसको लागि मैले गर्नुपर्याे, आइजीपी साबले बताइदिनुपर्यो । मेयरको पावर पनि के हो त्यो पनि बताइदिनुस् ।’

‘हाम्रो सडकले कति क्षमताको गाडी धान्न सक्छ, त्यही अनुसार गुड्ने अनुमति दिनुपर्छ । सडक बिग्रनुको मुख्य कारण ओभरलोड भएकोले १ हजार रुपैयाँको चिट काटेर सडक मर्मत हुन्छ, अनि ओभरलोड घट्छ ? उनले प्रश्न गरे ।