
बुधवार , भाद्र १२, २०८१
काठमाडौं, १२ भदौ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताए। उनले नेपाल नागरिकहरुको आश्वकयताअनुसारका स्वास्थ्य सामग्रीहरु प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गरे । उनले नेपाल र भारतको मित्रता सदैव कायम रही रहने पनि बताए।
उनले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिवद्धता जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij