२०८२, भाद्र २८ गते

Sep 13 2025 | २०८२, भाद्र २८ गते

देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाऔँ : प्रेम सुवाल

बुधवार , भाद्र १२, २०८१

  • 562
    Shares
  • 562
    Shares
  • काठमाडौं, १२ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशभित्रको स्वास्थ्य सेवालाई राम्रो बनाउन आग्रह गरेका छन् ।

    आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेपालको अस्पतालमा उपचार गर्दा घरखेत नै बेच्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य सेवालाई सुलभ बनाउन पनि आग्रह गरे। उनले नेपालमा भएका अस्पतालको सेवा राम्रो नबनाउने र प्रधानमन्त्री, मन्त्रीहरु उपचार गराउन विदेश जाने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले जनताले उपचार गर्ने ठाउँमा नै नेताहरुले उपचार गर्नुपर्ने व्यवस्था गर्न माग गरे।
    सांसद सुवालले आम नागरिकले खाने खानेकुरामा पनि ध्यान दिन आवश्यक रहेको बताए।