२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

सिद्धार्थ सामुदायिक सिकाई केन्द्रको १६ औं साधारण सभा सम्पन्न

बुधवार , भाद्र १२, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • भैरहवा, १२ भदौ ।
    श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्र रोहिणी–४ छिपागढ, रुपन्देहीको १६ औं साधारण सभा बुधबार सम्पन्न भएको छ । छिपागढ सामुदायिक भवनमा भएको साधारण सभाको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले उद्घाटन गरेकी थिइन् । 

    कार्यक्रममा रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादव, गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरे, श्री छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादव, इन्दल हरिजन, सुर्यनरायण यादव रामकेवल बिन्दु, हरिद्वार हरिजनले लगायतले भनाइ राखेका थिए ।

    साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को रु. १७ लाख बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको श्री सिद्धार्थ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष संजय कुमार गुप्ताले बताए । उक्त विवरण (प्रतिवेदन) अनुदान गरिएको गुप्ताले जानकारी दिए । मीना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    457246250_7842571219187806_5676399127796862883_n.jpg