
बिहिवार , भाद्र १३, २०८१
काठमाडौं, १३ भदौ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले व्यक्त गरेको आक्रोश नेपाली काँग्रेसमाथिको आक्रमण हो रु भनि प्रश्न गरेका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले टुँडिखेलमा आयोजित गौरा पर्व विशेष कार्यक्रममा युवाहरुले देखाएको आक्रोश कोप्रति लक्षित हो भनि प्रश्न गरेका हुन् । उनले प्रतिपक्ष दलका सांसदहरुले पक्राउ परेका युवाहरुको रिहाइको माग गरेको उल्लेख गर्दै त्यहाँ पार्टीका कार्यकताहरुको पनि उपस्थिति रहेको बताए । उनले गौरा पर्वमाथि आक्रमण गरिएको कि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरिएको हो भनि प्रश्न गरे । उनले नेपाली काँग्रेसमाथिको आक्रमण हो रु भनि प्रश्न गरे । उनले त्यहाँ धार्मिक सहिष्णुता भंग गर्ने गतिविधि भएको आरोप लगाए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री आफूकहाँ क्यानका महानिर्देशकलाई हटाउनु हुँदैन भन्न आएको भन्दै संसदलाई जानकारी समेत गराए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij