
बिहिवार , भाद्र १३, २०८१
काठमाडौं, १३ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रकृतिको दोहनले मानव जीवनको दिनगिन्ती शुरु भएको बताएका छन्।
बिहीवार काठमाडौंमा ज्यानु—वसन्त राज मिश्र फाउण्डेशन समाजिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उ नले यस्तो बताएका हुन् । उनले प्रकृतिको अनाश्यक दोहनका कारण विपद्हरु दिन प्रतिदिन बढ्दै गएको बताए । उनले विकासलाई अघि बढाउँदा प्रकृतिमैत्री नबनाए ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित रहेको बताए । उनले सोलुखुम्बु लगायतका क्षेत्रमा हिमताल फुट्नुको संकेतले प्रकृतिलाई हानी पुर्याउनु नहुने कुराको संकेत गरेको उल्लेख गरे।
मन्त्री भण्डारीले प्रकृतिको संरक्षण जोड दिन आवश्यक रहेको पनि बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij