२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

देश अभिभावकबिहीन भयाे : अध्यक्ष लिङदेन

शुक्रवार , भाद्र १४, २०८१

काठमाडाैं, १४ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताए । उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए ।

उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको पनि बताए । काँग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताए । उनले राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाए । उनले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताए ।

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताए ।