
शुक्रवार , भाद्र १४, २०८१
भैरहवा । नेपाली क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामी टेन प्लास्टका उत्पादनहरुको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
भैरहवामा आयोजित एक कार्यक्रमका बिच टेन प्लाष्टका प्रवन्ध निर्देशक धिरज अग्रवालले सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै सोमपालले विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउदा आफुलाई ठुलो खुसी मिलेको बताए । “मैले क्रिकेट खेलेको दश बर्ष भएको छ, मेरो जर्सी नम्बर पनि दश हो ।” उनले भने “यस्तो अवस्थामा आफु टेन नामक कम्पनीको परिवार भएको छु । यसले मलाई हर्षित बनाएको छ ।”
सानै देखि भारतीय क्रिकेटर सचिन तेन्दुलकर आफ्नो आदर्श रहेको बताउदै सोमपालले देशको लागि निरन्तर खेलिरहने बताए ।
पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकामा स्थापन भएको टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको यसका प्रवन्ध निर्देशक धिरज अग्रवालले बताए ।
उनले नेपाली क्रिकेट खेलाडीलाई आर्थिक रुपमा सबल बनाउने आफुहरुको प्रयास स्वरुप नेपालका फास्ट बलर सोमपाल कामीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij