२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देउवाले भने : अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं, १४ भदौ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे । उनले अब  पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताए । गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने बताए ।