२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

दीपमा तीज गीत प्रतियोगिता

शनिवार , भाद्र १५, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, १५ भदौ । 
    बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा तीज गीत तथा प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ । विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने तथा विद्यार्थीहरुलाई साँस्कृतिक महत्वका बारेमा जानकारी दिने उद्देश्यले विद्यालयले सदनात्मक रुपमा तीज गीत प्रतियोगिता गरेको हो । 

    जुनियर, सिनियर र माध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी बनाएर विद्यालयले तीज गीत कार्यक्रम गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका उपप्राचार्य ज्ञानु थापाले तीजको साँस्कृतिक महत्वका बारेमा स्कूले विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले विद्यालयका तीज गीत प्रतियोगिता गरिएको बताइन् ।

    विद्यालयका उपप्राचार्य सुरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राचार्य कलाधर अर्याल, विद्यालय संचालक समिति सदस्य बसन्त कुमार जोशी, प्लस टु संयोजक कमल नेपाल, अमर खत्री, शिक्षक डोल कुमारी थापा, कार्यक्रम संयोजक सरिता सोतीलगायतले तीजको सास्कृति महत्वका बारेमा भनाइ राखेका थिए । 

    शिक्षक लक्ष्मी थापाको सञ्चालनमा भएको कार्यक्रममा सहभागी भएका १६ समूहमध्ये जुनियरतर्फ कञ्चनजंघा प्रथम, अन्नपुर्ण द्वितीय र माछापुच्छ्रे सदन तृतीय भए । त्यस्तै सिनियरतर्फ माछापुच्छ्रे ए प्रथम, सगरमाथा ए द्वितीय र माछापुच्छ्रे बी तृतीय भएका हुन् । तीजकै अवसर पारेर ११ र १२ कक्षाको बिहानी र दिवाकालीन समयका विद्यार्थीहरुले पनि तीजका साँस्कृतिक गीतहरु प्रस्तुत गरेका थिए । 

    3756fcd7-b6ae-4e64-bb66-1bf6d4bba718.jpg