२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जगर्श ग्रुप भैरहवाको आयोजनामा निःशुल्क आँखा परीक्षण कार्यक्रम

शनिवार , भाद्र १५, २०८१

भैरहवा, १५ भदौ । 
जगर्श ग्रुप भैरहवाले निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी नेत्रालय प्रा.लि., भैरहवाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको जगर्श ग्रुपले जनाएको छ ।

शनिबार भैरहवामा जगर्श सदस्यहरु र उनीहरुका परिवारलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रियबन्धु न्यौपानेले बताए । कार्यक्रममा आँखा परीक्षण गर्दा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधी समेत वितरण गरिएको न्यौपानेले जानकारी दिए । लुम्बिनी नेत्रालयका नेत्र विशेषज्ञ हिरा शाहको नेतृत्वमको टोलीले आँखा परीक्षण गरेको थियो ।

आफू अध्यक्ष भएपछि वार्षिक कार्ययोजना नै बनाएर कार्यक्रम गरिरहेको न्यौपानेले बताए ।