
आइतवार , भाद्र १६, २०८१
भैरहवा, १६ भदौ ।
महाकाल ट्रेड सप्लायर्स (एमटीएस) मोबाइल सिद्धार्थनगर नगरपालिका–१२ आवारोड, भैरहवाले तीज मिलन कार्यक्रम गरेको छ । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शनिबार भैरहवामा तीज मिलन तथा दर खाने कार्यक्रम गरिएको एमटीएस मोबाइलको सञ्चालक आरती शर्मा गुप्ताले बताइन् ।
‘एमटीएस मोबाइलले पहिलोपटक यो कार्यक्रम गरेको छ, आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौं, ’उनले भनिन् । कार्यक्रममा ६० जना बढी महिलाहरुको सहभागीता रहेको उनले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij