२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

राप्रपा निकट तीन संगठनद्वारा भैरहवामा रक्तदान

आइतवार , भाद्र १६, २०८१

  • 634
    Shares
  • 634
    Shares
  • भैरहवा, १६ भदौ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट तीनवटा संगठनले संयुक्त रुपमा वृहत् रक्तदान कार्यक्रम गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, रुपन्देही, राष्ट्रिय युवा मोर्चा रुपन्देही र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, रुपन्देहीले शनिबार भैरहवामा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

    ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भन्ने मूल नाराका साथ सिद्धार्थनगर नगरपालिका–३ स्थित खजहनामा भएको कार्यक्रममा २६ यूनिट रगत संकलन भएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, रुपन्देहीका अध्यक्ष अभिजीत कुमार त्रिपाठी (चन्दन तिवारी) ले बताए ।

    कार्यक्रमको लुम्बिनी प्रदेश सभा उपसभामुख मेनुका खाण के.सी.ले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष कुमार चौधरी, राष्ट्रिय युवा मोर्चा रुपन्देही जिल्ला अध्यक्ष कृष्णा बोहरा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन रुपन्देहीका अध्यक्ष शिव कुमार थापा लगायतले भनाइ राखेका थिए । कार्यक्रमको संयोजन तथा व्यवस्थापन क्याप्टेन गौरब बोहराले गर्नुभएको आयोजकले जनाएका छन् ।

    IMG_6811.JPG