२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जवर्जस्ती करणी आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी र वडाअध्यक्षका छोरा पक्राउ

आइतवार , भाद्र १६, २०८१

भैरहवा, १६ भदौ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत दुईजना कमर्चारी जवर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् । स्थानीय बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा गाउँपालिकामा कार्यरत दुईजना र अर्को एकजना स्थानीयलाई नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठोरले जानकारी दिए । 

घटना गत भदौ ५ गतेको रहेको एसपी राठोरले जानकारी दिए । उनका अनुसार पीडित पक्षले हिजो १५ गते मात्रै जानकारी गराएका थिए । 

प्रहरीमा जानकारी आए लगत्तै घटनामा संलग्न भएको आरोपमा कोटहीमाई गाउँपालिकाका प्राविधिक सहायक (शिक्षा), उद्यम विकास सहजकर्ता र स्थानीय एक युवक गरी तीनैजनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

समाचार श्रोतका अनुसार शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा बंटी भनिने शैलेश पाण्डे रहेका छन् । 

मनोहर चौधरी स्थायी हुन् भने मुकेश चौधरी करार कर्मचारी हुन् । उनीहरु तीनै जनामाथि रोजगारी लगाइदिने भन्दै जवर्जस्ती करणी गरेको आरोप छ । उनीहरु तीनैजनालाई जवर्जस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।