२०८३, श्रावण २ गते

Jul 18 2026 | २०८३, श्रावण २ गते

कुसुम टोलको प्रथम तीज महोत्सवको उपाधि त्रिभुवन अक्सफोर्डलाई

आइतवार , भाद्र १६, २०८१

  • 925
    Shares
  • 925
    Shares
  • बुटवल, १६ भदौ ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ स्थित सुख्खानगरमा आयोजना भएको प्रथम तीज महोत्सव–२०८१ को उपाधि त्रिभुवन अक्सफोर्ड टोल विकास संस्थाले जितेको छ । शनिबार भएको प्रतियोगितामा ११ टीमलाई पछि पार्दै त्रिभुवन अक्सफोर्ड टोलले उपाधि जितेको हो ।

    उपाधिसँगै संस्थाले नगद १५ हजार रुपैयाँ समेत हात पारेको छ । कुसुम टोल विकास संस्थाले आयोजना गरेको प्रथम तीज महोत्सव २०८१ साथै दर खाने कार्यक्रममा सृजना साँस्कृतिक आमा समूह दोस्रो भइ नगद रु. १० हजार तथा भानुटोल पारिजात टोल विकास संस्था तेस्रो हुँदै नगद रु. ५ हजार रुपैयाँसहित पुरस्कृत भयो ।

    एक समारोहकाबीच बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले सहभागी धर्मकल्याण टोल संस्थाका सदस्यलाई मादल हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । तीजको मौलिकता जोगाउने र विकासमा टोल संस्थाको भूमिकाका बिषयमा सहभागी टोल संस्थाका कलाकारहरुको प्रस्तुति धेरै राम्रो रहेको उनले बताए ।

    कार्यक्रममा कुसुम टोल विकास संस्थाका अध्यक्ष नारायण खनाल (लेकाली) ले तीजको अवसरमा रचनात्मक प्रतियोगिता तथा दर खाने कार्यक्रम गरेको बताए । विभिन्न दाताहरुबाट सहयोगका साथै १ घर ११ सयको अभियान चलाएर कार्यक्रम गरिएको बताए । तीजको संस्कृतिलाई टोल विकास संस्थासँग जोडेर नयाँ रुपमा कार्यक्रम गर्न सफल भएको उनले बताए । सभ्य समाज निर्माणमा टोल संस्थाबाट चलाउने सचेतना कार्यक्रम, हिंसा रोक्न चालेका अभियानका बारेमा गीतबाट बताएका थिए । यसैगरी युवालाई देशमै स्वरोजगारमूलक तालिम दिने, उद्योग कलकारखाना खोल्नेतर्फ जोड दिए ।

    राष्ट्रिय कलाकारहरु नबिन पौडेल, मन्जु भट्टराई, सबिना भुसालको प्रस्तुती रहेको कार्यक्रममा ४ लाख ५० हजार रुपैया खर्च भएको संस्थाका कोषाध्यक्ष खगेन्द्र प्रसाद बेल्बासेले बताए ।
    कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि प्रसाद ज्ञवाली, सचिव विष्णु कंडेल, कार्यक्रम संयोजक कमला जोशीले पहिलोपटक गरिएको प्रतियोगितामा लागि धेरैको सहयोग मिलेको भन्दै टोल विकास संस्थाको आफ्नो भूमिका र सरकारबाट हुनुपर्ने पहलका बारेमा गितबाट धेरै बाहिर आएको बताए । प्रतियोगितामा १२ टीमका १५ जनाको दरले भाग लिएका थिए ।