२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एलएसडीटीमा अन्तरिक्ष अध्ययन अनुसन्धान सम्बन्धी तालिम

आइतवार , भाद्र १६, २०८१

भैरहवा, १६ भदौ ।
भुमार्गको सुविधा समेत राम्रोसँग उपभोग गर्न नपाएका नेपाली जनताकाबीच नेपालमा अन्तरिक्ष अनुसन्धानको कार्यचर्चा गर्दा धेरैजना अचम्म परेको एरोस्पेस इन्जिनियरले एक तालिम कार्यक्रममा  बताएका छन् । शनिबार रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को १२९ औं श्रृंखलाको प्रमुख अतिथि समेत रहेका नेपाली अन्तरिक्ष अनुसन्धान संघ (नेसरा) का संस्थापक सदस्य अनमोल मित्तलले  सहभागीहरुलाई एरोस्पेस तथा नेपालमा अन्तरिक्ष अनुसन्धान अध्ययन विषयका बारेमा जानकारी गराएका थिए ।  

मित्तल अन्तर्राष्ट्रिय अन्तरिक्ष विश्वविद्यालय, फ्रान्सबाट अन्तरिक्ष अध्ययनमा स्नातकोत्तर र भारतबाट एरोस्पेस इन्जिनियरिङमा स्नातक गरेका अनुभवी रणनीति सल्लाहकार हुन् । अहिले नेपालमा नै केही गर्नुपर्छ भन्दै भैरहवामा निजी विद्यालय सञ्चालन गरिरहेका छन् । 

LSDT (3).jpeg

कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया समेत भएको र सहभागीहरुले नौलो ज्ञान पाएको कार्यक्रम सञ्चालक तथा एलएसडीटी सदस्य स्तुति पौडेलले जानकारी दिइन् । अन्तरक्रियामा पत्रकार प्रतिक पौडेलले एरोस्पेसका बारेमा सोधिएका प्रश्नको सही उत्तर दिएर पुरस्कार समेत पाएका थिए ।

LSDT (2).jpeg

कार्यक्रममा लोक गायिका तथा एलएसडीटी सदस्य चन्दा गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् । १२९ औं श्रृंखलाकी अध्यक्ष ग्लोबल आईएमई बैंकको कर्मचारी तथा एलएसडीटी सदस्य प्रतिमा काफ्ले गौतमले उपस्थितिलाइ धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘हामी जस्ता बैंकर्सलाई एलएसडीटी राम्रो मञ्च हो ।’

तालिमको प्रारम्भिक सहजीकरण एलएसडीटी सदस्य हरिश सेठियाले गरेका थिए । यो तालिम नियमित सदस्यहरुको स्वयं योगदानमा प्रत्येक शनिबार सञ्चालन हुन्छ  ।यसको मुख्य प्रशिक्षक तथा संस्थापक विजय पाण्डे  रहेका छन्  । पाण्डे सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्व महासचिव पनि हुन् । तालिममा विभिन्न विषयका ज्ञाताहरुलाई आमन्त्रण गरिदै आएको एलएसडीटी व्यवस्थापन सदस्य नितु थापाले बताइन् ।