२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोट्रयाक्ट ३२९२ प्रेसिडेन्ट नाइट पोखरामा सम्पन्न

सोमवार , भाद्र १७, २०८१

पोखरा, १७ भदौ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसी पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता तथा रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौं, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह–आतिथ्यतामा कार्यक्रम भएको हो । 

रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का डी आर आर विक्रम क्षेत्रीको (डिष्ट्रिक सेसन) अध्यक्षता तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा रोटरी डिष्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला, डिआरसी चियर कृष्ण प्रसाद पाण्डेको विशिष्ट आतिथ्यता, डि आर आर इलेक्ट दिनेश गैरेको विशेष आतिथ्यता, रोटरी डिष्ट्रिक मेम्बरसिप कमिटी चियर सुवास सिग्देल, प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक विश्व दर्शन पराजुली, रोट्रयाक्ट डिष्ट्रिक कन्फ्रेन्स चियर रितेश ज्ञवाली, डिआरसी धुर्ब केसी, रेशम खड्का, मिलन ढकाल र सुस्मिता केसीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) मा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । रोट्रयाक्ट  वर्ष २०२४–०२५ लाइ प्रभावकारी एवं उत्कृष्ट रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने डि आर आर विक्रम क्षेत्रीले बताए । 

उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक डाइरेक्टरीको विमोचनसँगै रोट्रयाक्ट गीत समेत रिलिज गरिएको थियो ।

WhatsApp Image 2024-09-01 at 5.25.54 PM.jpeg

सोही समारोहमा डिष्ट्रिक डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

WhatsApp Image 2024-09-01 at 5.25.50 PM.jpeg

कार्यक्रमका  प्रमुख अतिथि  पोखरा महानगरपालिकाका प्रमुख  धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट व्यक्तित्व तथा नेतृत्व विकाससँगै सामाजिक योगदानका लागि अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एवं रोट्रयाक्ट अभियन्ताहरुलाई नेपालको पर्यटकीय राजधानी पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला, डिआरसी चियर कृष्ण प्रसाद पाण्डे, डि आर आर इलेक्ट दिनेश गैरे, रोटरी डिष्ट्रिक मेम्बरसीप कमिटी चियर सुवास सिग्देल, डिआरसी अर्जुन खनाल लगायतले सुभकामना मन्तव्य राखेका थिए । उक्त अवसरमा रोट्रयाक्ट डिष्ट्रिक कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको थियो । 

कार्यक्रममा सहभागीहरुलाइ पोखराका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमणसँगै विभिन्न सांगीतिक प्रस्तुतिहरूको व्यवस्थापन समेत आतिथ्य क्लब र आयोजकले गरेका थिए । प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानका एडी आर आर विश्व दर्शन पराजुलीको स्वागत, नम्रता लम्साल, अदित आचार्य र डिष्ट्रिक सेक्रेटरी सुबिन खड्काको संचालनमा सम्पन्न उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिष्ट्रिक कमिटीबाट गरी २०० बढी रोट्रयाक्टरहरुको सहभागीता रहेको डिष्ट्रिक मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिए ।

WhatsApp Image 2024-09-01 at 5.25.49 PM.jpeg
WhatsApp Image 2024-09-01 at 5.25.53 PM (2).jpeg