२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

सक्षम सहारा बहुउद्देश्यीय महिला समूहद्वारा तीज विशेष कार्यक्रम

सोमवार , भाद्र १७, २०८१

  • 949
    Shares
  • 949
    Shares
  • भैरहवा, १७ भदौ । 
    सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६ किशोरपुर, भैरहवाले शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम एवं मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ । महिला दिदीबहिनीहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा आइतबार भैरहवामा कार्यक्रम गरिएको समूहका अध्यक्ष शान्ता कंडेलले बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले सक्षम सहारा बहुउद्देश्यीय महिला समूहले रचनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।

    माइती नेपाल आवधिक गृह भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्री, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चालक समिति सदस्य ज्ञानु पौड्याल, लुम्बिनी प्रेस क्लब रुपन्देहीको अध्यक्ष सम्झना शर्मा, श्री दुर्गा सामुदायिक सेवा (केन्द्र) सिद्धार्थनगर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ताको विशिष्ट आतिथ्यता, चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीका उद्योग उपाध्यक्ष मधुसुदन अर्याल, सिद्धार्थनगर–६ को वडा सदस्य सुनिता धोवी (रजक), समाजसेवी रमा शर्मा, ठाकुर प्रसाद गुरौ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृतिको संरक्षणमा चाडपर्वको महत्वपूर्ण भूमिका रहेको बताए ।

    458185243_1525891621469127_2983518171721295294_n.jpg

    सक्षम सहारा बहुउद्देश्यीय महिला समूहका सचिव लाजिना देवकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।